तारकेश्वर नगरपालिकाको सेवक हुँ : कृष्णहरि महर्जन (भिडियोमा)

काठमाडौँ । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन आफूलाई जनताको सेवक भएको बताउँछन् । उनी भन्छन्, म सेवक हुँ , शासक होइन । सेवक भएको कुरा नगरवासीले आगामी पाँच वर्षमा आफूले गरेका कामले थाहा पाउने उनको भनाइ छ ।

प्रमुख महर्जनका अनुसार अहिले तारकेश्वर नगरपालिकामा पूर्वाधारको विषयवस्तु अलि बेसी अगाडि बढेको छ । पूर्वाधारमा पनि विशेष खानेपानीको समस्यालाई सम्बोधन गर्न लागिएको छ । हिजो निर्वाचनमा जाँदा पनि धेरै नागरिकको समस्या र माग खानेपानीको थियो त्यसैले स्थानीयवासीको मागलाई सम्बोधन गर्न तारकेश्वर नगरपालिका वडा चार र पाँचलाई हुने गरी नेपाल सरकार खानेपानी मन्त्रालयको सहलगानीबाट चौवालीस करोडको काम भइरहेको प्रमुख महर्जन बताउँछन् । अहिले खानेपानी वितरण कार्यक्रम चाहिँ शुरु भइरहेको उनको भनाइ छ । सबै नगरवासीलाई खानेपानीको व्यवस्था गर्न लागिपरेको पनि महर्जनले बताए ।

खेलकुदमा पनि तारकेश्वर नगरपालिकाले राम्रो गरेकोमा कृष्णहरि दङ्ग छन् । नगरपालिकाका भाइबहिनीहरुले जुन उपलब्धी हासिल गरे त्यसले नगरपालिकालाई पनि देशभर चिनाउन सफल भएको महसुृस उनले गरेका छन् । समय सापेक्ष परिवर्तन हुन पर्छ भनेर स्मार्ट पालिकाको कन्सेप्ट अगाडि बढाएका कृष्णहरि सरल, सहज र पारदर्शी हिसाबले सेवाग्राहीले सेवा प्राप्त गर्न सकून् भनेर स्मार्ट पालिकालाई अगाडि सारेको बताउँछन् ।

पहिचान, अपनत्व र अधिकार दिगो विकासको आधार आफ्नो स्लोगान भएको बताउने कृष्णहरि साझा भ्वाइससँग (विस्तृत भिडियोमा)


Recommended For You