प्रशिक्षणबाट जे सिकिन्छ,त्यसलाई व्यवहारमा उतारौँ : सन्तोष बुढाथोकी

काठमाडौँ । जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले प्रशिक्षणबाट जे सिकिन्छ,त्यसलाई व्यवहारमा उतार्नुपर्ने बताएका छन् । उनले बेसिक हस्पिटालिटी ट्रेनिङका प्रशिक्षार्थीलाई प्रमाण-पत्र प्रदान गर्ने क्रममा सो कुरा बताएका हुन् ।

हामी प्रशिक्षण लिन्छौँ, तर त्यसलाई त्यति व्यवहारमा उतार्दैनौँ । जसरी कर्मचारीलाई मुस्कानसहितको सेवा दिनुपर्ने भनिन्छ, त्यस्तै गरी हामीले पनि हरेक सेवामा मुस्कानसहितको सेवा दिन सक्नुपर्ने बुढाथोकीको भनाइ थियो । बुढाथोकीले भने,”बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखान निकै व्यवहारिक छ । त्यसैले होटेल व्यवसायमा त मुस्कानसहितको सर्भिसको अझ महत्व छ ।”

समन्वय प्रमुख सन्तोष बुढाथोकीले होटेल व्यवसायमा अझै क्वालिटी म्यानपावर पाइएको छैन । क्वालिटी म्यानपावर उत्पादन हुने किसिमका ट्रेनिङ दिन जिल्ला समन्वय समितिले अरू कोअर्डिनेसन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

काठमाडौँ जिल्ला होटेल व्यवसायी संघका अध्यक्ष शैलेस कार्कीले छोटो समयावधिमा पनि उपलब्धीमूलक कार्यक्रम भएको बताए । उनले सिकेका कुराहरू कार्यान्वयन भएमा व्यवसायमा र व्यक्तिगत जीवनमा पनि काम लाग्ने बताए । उनले आउँदा दिनमा अझै महत्वपूर्ण कार्यक्रम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

होटेल व्यपसायी संघ काठमाडौँ जिल्ला उपाध्यक्ष : जितेन्द्र गिरीले स्वागत मन्तव्य राख्दै हस्पिटालिटी ट्रेनिङबाट धेरै कुरा सिक्न पाएको बताए । उनले पाहुनालाई स्वागत गर्नुपर्ने शैलीदेखि हरेक कुरा सर्भ गर्दा जान्नुपर्ने व्यवहारिक कुरा सिक्न पाएको बताएका थिए । होटेल व्यपसायी संघ काठमाडौँ जिल्लाका सचिव कुमार श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए ।

कार्यक्रम नेपाल पर्यटन बोर्ड जीविकोपार्जन पुनरूत्थानका लागि दिगो पर्यटन परियोजना र युनएनडिपीको सहयोगमा होटल व्यवसायी महासंघ एवं होटेल व्यपसायी संघ काठमाडौँ जिल्लाको आयोजनामा सम्पन्न भएको थियो ।


Recommended For You