सुनको मूल्य घट्याे, चाँदीकाे भने स्थिर

काठमाडाै‌, साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो। यसअघि गत साताकाे कारोबार दिन शुक्रबार तोलामा सात सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएके थियो । आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ५ रुपैयाँ तोकिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर छ। आइतबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

 


Recommended For You