म्याग्दी । कृषिमा युवाको आकर्षण विस्तारै बढ्दै छ र कृषिमा युवा आकर्षण बढाउनु पर्ने आजको आवश्यकता पनि हो । व्यक्तिलाई कृषि गर्ने नगर्ने छुट भए पनि समग्र मानवजातिलाई कृषि गर्दिन भन्ने छुट छैन पनि ।
म्याग्दीको बेनी नगरपालिका–६ कुरिलाखर्कमा अवस्थित ढुङ्गाना कृषि तथा पशुपंक्षी फार्मले भैँसी पालेको छ । स्थानीय युवा सुरेश ढुङ्गानाले सञ्चालन गरेको यो फर्ममा १६ वटा दुहुना भैँसी छन् । यस फर्मबाट अन्य युवाहरु पनि विस्सतारै आकर्षित बन्दै गएका छन् । स्थानीय तह, प्रदेश र संघीय सरकारले पनि यतातिर ध्यान दिनुपर्ने आजको महत्वपूर्ण र अनिवार्य आवश्यकता हो ।