नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष श्री रवि सिंहज्यू नेतृत्वको प्रतिनिधिमण्डलले विहिवार प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी निर्माण व्यवसायीहरूका विद्यमान समस्या र समाधानका उपायबारे अवगत गराएको छ ।

सोही अवसरमा अध्यक्ष सिंहले यही फागुन २८ गते राजधानीमा हुने महासंघको २४ औं साधारण सभाको प्रमुख आतिथ्यता ग्रहण गरिदिनहुन अनुरोध सहित प्रधानमन्त्रीलाई निमन्त्रणा पत्र हस्तान्तरण गर्दै महासंघ प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गरेको छ ।
