पाल्पा । मानिसहरु विस्तारै कृषितिर अकर्षित हुँदै गएका छन् । आजको समयको माग पनि हो । कुनै समय थियो, एस.एल.सी पास गरिसकेपछि जागिर खानुपर्छ जागिर मात्र सम्मानित र सुरक्षित पेसा हो । तर अहिले समय बदलिसकेको छ । जागिर वैदेशिक रोजगाबाट पनि मानिस आजित हुन थालेका छन् । सबैभन्दा राम्रो त आफ्नै देशमा आफ्नै माटोमा कर्म गर्नु र जीवनयापन गर्नु नै उत्तम हो । यही सम्झेर पाल्पामा व्यवसायिक तरकारी खेती गर्न थालिएको छ ।
