तनहुँ । तनहुुँ कारागारलाई पुस्तक हस्तान्तरण गरिएको छ । टिम नेपो तनहुँका अध्यक्ष रवि अधिकारीले तनहुँ कारागारमा रहेको पुस्तकालयका लागि कारागारका निमित्त प्रमुख नारायण अधिकारीलाई पुस्तक हस्तान्तरण गरेका हुन् । टिम नेपोले कारागारमा २०० थान पुस्तक हस्तान्तरण गरेको जनाएको छ ।
