नवलपरासी । नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद प्रा.डा शशाङ्क कोइरालाले आफू कृषिमन्त्री भएको अवस्थामा कृषिमा ठूलै परिवर्तन ल्याउन सक्ने बताउए । “हुन त मलाई कृषिमन्त्री बन्न मन छैन । तर, मैले कृषि मन्त्रालय लिएँ भने कृषिमा अचम्मको कुरा गर्नसक्छु भन्ने त्यो विश्वास मसँग छ” नेता कोइरालाले भने । कृषि क्षेत्रको विकास नभएसम्म नेपालको विकास हुनै नसक्ने कुरा नेता कोइरालाले दोहो¥याए ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदी किनारमा सुरु भएको ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला २०७९’ को आज उद्घाटन गर्दै प्रा. डा कोइरालाले सम्भावना हुँदाहुँदै पनि जमिनहरु बाँझो राख्नु दुर्भाग्य भएको बताए । “अहिले गाउँमा गयो भने जमिनहरु बाँझो र रित्तो छन्” उनले भने, “हामीले कृषिलाई प्रोत्साहन गर्नुप¥यो ।”
