प्रविधिको प्रयोग मिसिनमार्फत् धान रोपाइँ

झापा । प्रविधिको तीव्र विकाससँगै कृषिमा पनि मिसिनको प्रयोग गर्न थालिएको छ । कृषि यान्त्रिकरणबाट चैते धान रोपाइँको शुभारम्भ गर्दै झापा, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई । पालिकाको धान उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत कमल–६ का अगुवा किसान पारशमणि राईको दुई बिघा बढी जमीनमा यान्त्रिकरणमार्फत चैते धान रोपिएको थियो ।

कृषिमा यान्त्रीकरणसँगै कृषि उपजको उपयुक्त बजारको व्यवस्था गर्नेुपर्ने देखिन्छ । कतिपय कृषकले आफूले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा निराशा व्यहोरेका थुप्रै घटना छन् ।


Recommended For You