नुवाकोट । खाद्यान्नको मूल्य निकै बढेको छ । हाम्रा पाखापखेरुहरु अझै बाँझै छन् । कृषिमा युवाको आकर्षण अझै बढ्न सकेको पाइँदैन । त्यसैले कृषिलाई हौसला दिनुको विकल्प अब छैन नै । नुवाकोटको लिखु गाँउपालिका–१, पिप्लेका किसान रामप्रसाद ढकालले पाँच रोपनीको एउटै पाटोमा लगाएको गहुँबाली हेर्दा मनमा आनन्दको वर्षा हुन्छ ।
