खेतीमा रमाउनुपर्ने

पोखरा । यतिखेर अधिकांश नेपालीले खेतीमा रमाउन सक्नुपर्ने परिस्थितिको निर्माण गर्नुपर्ने देखिन्छ । किनकि दैनिक खाद्यवस्तु पनि हामीले धेरै आयात गर्नुपर्ने अवस्था छ । हाम्रो देशमा त्यस्तो उद्योग, कलकारखाना पनि छैन । निर्यात गर्न सक्ने त्यस्तो कुनै उत्पादन पनि हामीसँग नभएको हुँदा कृष्ीलाई महत्व दिनुको विकल्प अब हामीसँगनभएको बुझ्न सकिन्छ ।

कृषिको महत्वलाइै बुझेर नै पोखरा महानगरपालिका—२२ खाल्सेका कृषक केशव पौडेलले व्यावसायिक रुपमा काँक्रो खेती गरेका छन् । उनले यस वर्ष काँक्रो बिक्रीबाट रु दश लाख आम्दानी गर्ने योजनामा बनाएका छन् । हामीले अर्काको आरिस नगरी नयाँ रुपमा काम गर्ने हो भने परम्परागत कृषि प्रणाली र आधुनिक प्रणलीको फ्युजन गरेर अगाडि बढ्नुपर्ने देखिन्छ ।


Recommended For You