मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा आलुकाउली स्तम्भ निर्माण भएको छ । तरकारी खेतीका लागि ख्याति कमाएको मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं ४ स्थित नयाँगाउँमा आलुकाउली स्तम्भ निर्माण गरिएको हो । आफ्नो उत्पादनलाई प्रमोट गर्न पनि स्तम्भले सकारात्मक सन्देश दिने जनाइएको छ ।
