नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध चार दलले एक हप्ता पनि नपुगी संयोजक वामदेव गौतमलाई निष्कासन गरेको जनाएको छ ।
नेकपा एकता राष्ट्रिय अभियानमा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टी आबद्ध थिए ।
संयोजक गौतमलाई साङ्गठनिक अराजकता, निरङ्कुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गर्ने, अहङ्कारवादी सोच र एकलौटी निर्णय गर्ने जस्ता पाँच बुँदे आरोप लगाएर नेकपा एकता राष्ट्रिय अभियानबाट निष्काशन गरिएको हो ।
अभियानका शीर्ष नेताको बैठकले संयोजक वामदेव गौतमलाई बहुमतबाट निष्कासन गरी सचिवालय सदस्य युवराज सफलको नेतृत्वमा ११ सदस्यीय सचिवालय समिति समेत गठन गरेको छ ।
