नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी

काठमाडौँ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले अभिनेता भुवन केसीलाई नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे हो । केसीसँगै चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जनाको दौडधूप चलेको थियाे । अन्तत: अभिनेता भुवन केसीले बाजी मारेका हुन् ।

नेकपा एमालेमा आबद्ध केसी केही समयअघि मात्र नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । काँग्रेस प्रवेश गरेसँगै उनी चलचित्र विकास बोर्डको अध्यक्ष हुन सफल पनि भए ।

 


Recommended For You