गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ को उपाधि जेनिश उप्रेतीले जितेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले कोच प्रमोदको टिमबाट ‘द भ्वाइस किड्स नेपाल’को उपाधि जितेका हुन् ।
उनले अन्य ७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै ‘द भ्वाइस किड्स नेपाल’को ट्रफी हात पारे । उपाधिको साथमा जेनिशले १५ लाख नगद पुरस्कार समेत पाएका छन् ।
फिनालेमा कोच राजु लामाको टिमबाट पासाङ डिक्की शेर्पा/सुप्रीम मल्ल ठकुरी, कोच प्रमोद खरेलको टिमबाट जेनिश उप्रेती/रुक्सना लिम्बु, कोच मिलन नेवारको टिमबाट मिन्छमा राई/नुमा राई र कोच प्रविशा अधिकारीको टिमबाट शुस्मी गुरुङ/अनुजा कठरिया प्रतिस्पर्धामा थिए ।
