चन्द्रागिरीमा नेपाल इम्ब्रोइडरी,handricraft तथा सिलाइबुनाइ श्रमिक संघ गठन

काठमाडौँ । चन्द्रागिरी नगरपालिकाअन्तर्गत रहेका सिलाइबुनाइ तथा इम्ब्रोइडरीमा रहेका स्वरोजगार तथा कार्यरत श्रमिक हरुको भेलाले मन्जु कार्कीको अध्यक्षतामा ९ सदस्यीय नगर समिति गठन गररेको छ ।

भेलालाइ सम्बोधन गर्दै नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य कुल बहादुर खड्काले ट्रेड युनियन कांग्रेसले ७५३ नै स्थानीय निकायमा आफ्नो संगठन तीव्र गतिमा विस्तार गरिरहेको बताए ।उनले ट्रेड युनियनमा आबद्ध संघहरुबाट पनि आ-अफ्नो संगठन विस्तार भइरहेको जानकारी दिएका थिए । खड्काले  श्रमिकको हक अधिकारका साथै अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा, कार्यस्थलमा मतदानको व्यवस्था, स्थानीय तहमा श्रमिकको पञ्जिकरण को व्यवस्था लागू गराउन मजबुत संगठन आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष तेजप्रसाद रिजाल, ट्रेड युनियन कांग्रेस काठमाडौंका अध्यक्ष देवीप्रसाद भुषाल र नेपाली कांग्रेस काठमाडौं क्षेत्र १०(ख) ट्रेड युनियन विभाग संयोजक रुक्मिणी गिरीले श्रमिकको हकहितको लागि ट्रेड युनियनको अपरिहार्य रहेको बताएका थिए ।

 

 


Recommended For You