रणवीरले सन्तानको स्याहार गर्न फिल्मबाट ब्रेक लिने

एजेन्सी । फिल्म ‘ब्रह्मास्त्र’ को सफलताको स्वाद चाखिरहेका अभिनेता रणवीर कपुर चाँडै पिता बन्दैछन् । रणवीरको हातमा फिल्मको लामै सूची छ । तर, पनि उनी केही समयका लागि फिल्मी व्यस्तताबाट अलग्गिने भएका छन् ।

चाँडै पिता बन्न लागेका रणवीरले सन्तानसँग समय बिताउनका लागि केही समय फिल्मबाट ब्रेक लिने बताएका छन् । यसकारण अहिलेसम्म कुनै पनि फिल्ममा हस्ताक्षर गरेका छैनन् । सन्तान जन्म लगत्तै आलिया काममा फर्किने भएकाले रणवीरले सन्तानको स्याहार गर्ने बताइएको छ ।

‘रणवीर पिता बनेपछि पेटरनिटी ब्रेक लिन चाहन्छन् । उनी पिता बन्नका लागि निकै उत्साहित छन् । उनले आलियालाई सन्तान जन्मिएपछि काममा फर्कन आग्रह गर्दै आफूले सन्तानको हेरविचार गर्ने सुझाव दिएका छन्,’ आलिया र रणवीरका नजिकका एक साथीको भनाइ उदृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

आलिया करण जोहारको ‘रकी और रानीकी प्रेम कहानी’ को रोकिएको काम पुरा गर्नेछिन् । त्यसपछि उनी सञ्जय लीला भन्सालीको ‘बैजू बावरा’ तिर लाग्नेछिन् । यता रणवीर सन्दीप रेड्डी बंगाको फिल्म ‘एनिमल’ को काम तिब्र रुपमा पुरा गर्ने दौडधुपमा छन् । उनले अहिलेसम्म अन्इ कुनै पनि प्रोजेक्ट स्वीकारेका छैनन् ।

 


Recommended For You