तेह्रथुम । ४ मंसिरमा हुने निर्वाचनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङका स्वास्थ्य सल्लाहकार डा. खगेन्द्र कटुवालले स्वतन्त्र उमेरद्वरी दिएका छन् ।
तेह्रथुमको निर्वाचन क्षेत्र (क) प्रदेश सभाका लागि उमेरद्वारी दिएका हुन् । ०७९ को स्थानीय निर्वाचनमा छथर गाउँपालिका ५ बाट वडा सदस्यमा निर्वाचित भएका कटुवालले ४ मंसिरमा हुने प्रदेश सभा निर्वाचन उमेरद्वारी दिएका हुन् ।
मन्त्रीको स्वास्थ्य सल्लाहकार र वडा सदस्य पद आइतबार नै राजीनामा गरी उमेरद्वारी दिएको कटुवालले बताए ।
एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधिसभाका लागि १० र प्रदे सभाका लागि १८ जना गरी २८ जनाले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ । यो सँगै तेह्रथुममा ३ पदका लागि २८ जनाले उमेरद्वारी दिएका छन् । २ नगरपालिका ४ गाउँपालिका रहेको तेह्रथुममा ४३ वटा वडाहरू छन् ।
