प्रदीप उदयको आरोप ठूला पार्टीका नेताले देशलाई कंगाल बनाए

अर्घाखाँची । राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपराज उदयले ठूला पार्टीका नेताले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् । पार्टीको अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा चुनाव प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले बाइसे चौबिसे राज्यलाई एक बनाई सि‌ंगो देश निर्माणमा अमूल्य योगदान पुर्‍याएका राजालाई शासन सत्ताबाट हटाएर देशलाई ठुला पार्टीले गरिबीतर्फ धकेलेको आरोपसमेत लगाए । उनले ठूला दलहरूले देशका लागि केही गर्न नसकेकाले नेपाली जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई रोज्ने दाबी गरे ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार होमनारायण बेल्बासेले अर्घाखाँचीबाट ठूला दलका नेता संसदमा पुगेर पनि जिल्लाको विकासमा सिन्को भाँच्न नसकेकाले अब राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नरहेको बताए ।


Recommended For You