काठमाडौँ । पाल्पाली सङ्गमले काठमाडौँमा पाल्पा महोत्सव गरेको छ । पाल्पाबाट काठमाडौँमा आई विभिन्न पेसा व्यवसाय गरी बस्ने पाल्पालीहरूको संस्था पाल्पा सङ्गमले पाल्पा महोत्सव गरेको हो ।
विविध साँस्कृतिक कार्यक्रमका साथ पाल्पामा उत्पादित वस्तुहरू तथा पाल्पाका महत्वपूर्ण क्षेत्रको फ्लेग्स प्रदर्शनी सहित पाल्पा महोत्सव गरेको हो ।
काठमाडौँको सभागृहमा गरिएको पाल्पा महोत्सवमा पाल्पाका कलाकर्मीहरूको साङ्गीतिक प्रस्तुतिले सबैलाई आकर्षित गरेको थियो ।

