निर्वाचनमा लमजुङमा २ हजार ४ सय सुरक्षाकर्मी खटिने, सबैभन्दा बढी म्यादी प्रहरी

लमजुङ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि लमजुङमा २ हजारभन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन् ।

लमजुङमा २ हजार ३ सय ७६ सुरक्षाकर्मी परिचालन गरिने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

प्रजिअ वैद्यका अनुसार सबैभन्दा बढी म्यादी प्रहरी १ हजार ९७ जना खटिनेछन् भने नेपाल प्रहरी ६ सय १२ जना, नेपाली सेना ४ सय ६०, सशस्त्र प्रहरी १ सय ९७ जना र राष्ट्रिय अनुसन्धानका १० जना खटिनेछन् ।

लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० मतदानस्थल छन् । कारागार र समन्वय समिति अस्थायीसहित एक सय ८८ वटा मतदान केन्द्र छन् । लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । जिल्लामा ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन् ।


Recommended For You