हाम्रो संस्कृति, हाम्रो सम्पदा, शान्ति र बुद्धसम्बन्धी थिममा विशेष कवि गोष्ठी सम्पन्न

काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास समितिको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत २५६७ ओैँ बुद्ध जन्मजयन्तीकै अवसरमा वैशाख २१ गते हाम्रो संस्कृति, हाम्रो सम्पदा, शान्ति र बुद्धसम्बन्धी थिममा विशेष कवि गोष्ठी सम्पन्न गरेको थियो । कवि गोष्ठीमा २४ जना कवि तथा कवयित्रीहरूले कविता वाचन गरेका थिए ।

कवि गोष्ठीमा बालकविदेखि महाकविसम्मको उपस्थिति रहेको थियो । सबै कविहरूले शान्ति, अहिंसा, मैत्री र करूणासम्बन्धी बुद्धका उपदेशका भावलाई कवितामार्फत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले सहभागी कविहरूलाई मायाको चिनो सहित प्रमाण पत्र प्रदान गरेका थिए । प्रमाणपत्र प्रदान गर्दै चालिसेले स्रष्टाको सिर्जनामार्फत बुद्धको सन्देशलाई नयाँ पुस्तासम्म पुर्याउन गरेको कामको प्रशंसा गरे । त्यस्तै विशिष्ट अतिथि वागमती प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाले कवि श्रष्टाको इज्जत गर्न सके मात्र समाज सभ्य बन्न सक्ने बताए ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले कविको सिर्जनामार्फत शान्ति सन्देश दिन प्रयत्न गरिएको बताए ।


Recommended For You