निरोगी एवं समतामूलक समाज स्कुलको दिगो बाटो : शिक्षक प्रशिक्षण कार्यक्रम गोदारीको वाणी विलास स्कुलमा

ललितपुर । निरोगी एवं समतामूलक समाज स्कुलको दिगो बाटो भन्ने मूल नारालाई आत्मसा गर्दै नसर्ने रोगबाट बच्न र लैगिंक  विभेद तथा यौन दुव्र्यवहारबाट बच्न शिक्षक मार्फत् विद्यार्थीलाई जागरुक बनाउँदै आएको भाष्कर तेजश्री स्मृति प्रतिष्ठानले गोदावरी नगरपालिकाको वाणीविलास स्कुलमा शिक्षकहरुलाई प्रशिक्षण दिइरहेको छ।

गोदावरी नगरपालिका सामाजिक विकास समिति संयोजक एवं वडा नं १० का अध्यक्ष शेखर न्यौपानेले विद्यालय शिक्षा र विद्यार्थीको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्नुभएकोमा भाष्कर तेजश्री स्मृति प्रतिष्ठानलाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा यस अभियानलाई नीति कार्यक्रम निर्धाण गर्दा नै नीति कार्यक्रम भित्रै पार्न लागिपर्ने बताउनुभयो । यो अभियान सदैव सबैले साथ दिनुपर्ने न्यौपानेकको धारणा थियो ।
कार्यक्रममा भाष्कर तेजश्री स्मृति प्रतिष्ठानका संस्थापक डा. रिता थापाले १० वर्ष अगाडि यो अभियान थाल्दा सकिन्छ या सकिन्न भन्ने दोधारमा थियौँ तर आज सबैको सहायताले अभियान शैक्षिक खोपका रुपमा अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो । आगामी दिनमा यो शैक्षिक खोप विद्यार्थीमार्फत् देशभरि घरघरमा पुर्याउन साथ दिन सबैलाई आह्वान गर्नुभयो ।

त्यसैगरी गोदावरी नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रतिनिधि सुनिता महर्जनले यस अभियानले शिक्षकलाई बुस्ट गर्न मद्दत मिल्ने बताउनुभयो ।  अभियानले शिक्षकलाई कक्षा कोठामा कन्टेन्टलाई बुस्ट गर्न सहयोग गर्ने उहाँको भनाई थियो ।

कार्यक्रमका बारेमा बाणी विलास माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रविण प्रकाश श्रेष्ठले धुम्रपान मध्यपानको कुलत रोक्न तथा  लैगिंक  विभेद तथा यौन दुव्र्यवहारबाट बच्नका लागि विद्यार्थीहरुका माध्यमबाट घर घरमा चेतना पुर्याउन भाष्कर तेजश्री स्मृति प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रतिनिधि प्रशिक्षक शान्ति विष्टले तालिमले आफ्नो परिवारमा धुम्रपान मध्यपान एवं जङ्कफुडले के कस्तो हानि पुर्याउँछ कम्तीमा आफ्नो परिवारलाई सचेत राख्न सकिने बताउनुभयो । त्यसैगरी विद्यार्थीलाई नै आफ्नै छोराछोरी सम्झेर सिकाउन सक्यौँ भने समाजलाई नै धुम्रपान मध्यपानबाट बचाउन सकिन्छ र समाजको विकासका लागि महत्वपूर्ण योगदान हुने हुँदा भाष्कर तेजश्री स्मृति प्रतिष्ठानको शिक्षक प्रशिक्षण कार्यक्रम शैक्षिक खोपका रूपमा अगाडि बढेको बताउनुभयो।

शैक्षिक प्रशिक्षण कार्यक्रममा गोदावरी नगरपालिका ३० वटा विद्यालयका ४२ जना शिक्षक शिक्षिकाले प्रशिक्षण लिने बताइएको छ ।

Recommended For You