दाङ । संस्कृतको विरोध गर्नेहरुले नै यतिखेर संस्कृतको आवश्यकता महसुस गर्न थालेका छन् । नैतिक एवं वैज्ञानिक शिक्षाका लागि संस्कृत आवश्यक छ । अहिले संस्कृत शिक्षालाई अनिवार्य नगरिँदा नयाँ जेनेरेसनमा नैतिक अनुशासनमा कमी आएको देखिन्छ । त्यसैले यतिखेर संस्कृतको माग बढ्न थालेको छ ।
घोराही– १७ चौघेरास्थित श्री गोरक्ष पात्र देवता सिद्धरत्ननाथ मठमा सञ्चालित गोरखनाथ वैदिक गुरूकुलमा बिहीबार बिहान बटुकहरु रुद्री पढ्दै छन् । २०७६ साल बैशाखदेखि सञ्चलानमा आएको गुरुकुलमा विभिन्न जिल्लाका ३० जना बटुकले आवासीय रुपमा रहेर निःशुल्क संस्कृत शिक्षा अध्ययन गर्दै आएका जनाइएको छ ।
