शिक्षामा सीपसँगै मोरल साइन्सको आवश्यकता : शिक्षकहरु

काठमाडौँ । यतिखेर काठमाडौँ महानगरपालिकाले विद्यालयमा शिक्षामा सीप कार्यक्रम लागू गरेको छ । सामूदायिक विद्यालयहरुले पनि उत्साह साथ सो कार्यक्रम कार्यान्वयनमा ल्याएका छन् ।

Book Free Day का दिन अर्थात हरेक शुक्रबार शिक्षामा सीप कार्यक्रम सञ्चालन भएको छ । उक्त दिन ब्युटिसियन, टेलरिङ, मोबाइल एण्ड इलेक्ट्रिोनिक्स, मूर्तिकला, हाउस वाइरिङ जस्ता सीपमूलक कार्यक्रम सञ्चालन गरिएको छ । यस्ता सीपमूलक कार्यक्रममा विद्यार्थीहरुको सहभागिता पनि उल्लेखनीय रहेको छ । शिक्षामा सीपसँगै मोरल साइन्सको पनि आवश्यक रहेको शिक्षकहरुको भनाइ छ ।

शारदा माध्यमिक विद्यालय तिलगंगामा शिक्षामा सिप अन्तर्गत मोबाइल एण्ड इलेक्ट्रिोनिक्सको कक्षा भइरहेको छ । मोबाइल एण्ड इलेक्ट्रिोनिक्सको तालिम लिइरहेका छात्र सुजित मण्डल भन्छन् , जीवनमा आय आर्जन गर्न सकिने शिक्षा भएको बताउँछन् । उनी भन्छन्, घरमा पनि आमा बुबाले फुर्सदको समयमा आय आर्जन गर्न सक्ने शिक्षा लिएकोमा खुसी व्यक्त गर्नुभएको छ । त्यस्तै समीक्षा आलेमगरले पनि एसइइ दिएपछि फुर्सदको समयमा यही मोबाइल एण्ड इलेक्ट्रोनिक्सको अझ बढी अभ्यास गरेर व्यावसायिक रुपमा नै अगाडि बढ्ने बताइन् । प्रशिक्षक लक्ष्मण सापकोटा पहिला सेफ्टी इक्विपमेन्ट, सुरक्षाका उपायहरु सिकाइएको र अब यसका टुल्सहरुका बारेमा जानकारी दिनेछौँ साथै बेसिक अभ्यासहरु सबै गराइने बताउनुहुन्छ ।
विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद सिग्देल शिक्षामा सीप कार्यक्रम राम्रो छ हामीले राम्रोसँग यसलाई कार्यान्वयनमा ल्याएका छौँ । अब सँगसँगै नैतिक शिक्षामा पनि जोड दिनुपर्ने उहाँको बुझाइ छ । उहाँ भन्नुहुन्छ, अभिभावकले नै नैतिक शिक्षामा कमी आएको गुनासो गर्नुभएको छ । साथै समाजले नैतिक शिक्षाको अपरिहार्यता पनि महसुस गरेको उहाँको ठम्याइ रहेको छ ।


Recommended For You