काठमाडौँ । संस्कृत माध्यमिक विद्यालय रानीपोखरीले आफ्नो १४६ ओैँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सोही अवसरमा विद्यालयले आफ्नो मुखपत्र वाणीको विमोचन तथा पुरस्कार वितरण समेत गरेको थियो ।
वागमती प्रदेश सांसद हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सवमा विद्यालयमा योगदान दिने पूर्व प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षलगायतलाई सम्मान गरेको थियो ।
१४६ वर्ष इतिहास बोकेको ऐतिहासिक विद्यालयमा सातै प्रदेशका विद्यार्थीहरू अहिले अध्ययन गर्ने गर्छन् । विद्यालयमा पढेका विद्यार्थीहरू इन्जिनियर, प्रशासक, संस्कृतिवद् पण्डित, डाक्टर समेत भएको विद्यालयका सहायक प्रधानाध्यापक निश्चल अधिकारीले बताए ।
विद्यालयमा शिक्षामा सिप अन्तर्गत मोबाइल रिपियरिङ कार्यक्रम गरिएको थियो । जुन कार्यक्रमबाट कक्षा ९ का विद्यार्थी लाभान्वित भएका थिए ।
साँस्कृतिक संस्थान जमलमा मनाइएको वार्षिकोत्सव समारोहको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ वडा नं. २७ का वडा अध्यक्ष योगेशकुमार खड्गीको अध्यक्षतामा भएको थियो ।

