सिराहा । सिराहामा खोलामा फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ । सिराहाको गोलबजार नगरपालिका–८ स्थितको मैनाबत्ती खोलामा महिना पुगिसकेको जस्तो देखिने शिशु (छोरा) को शव शनिबार बिहान फेला परेको हो ।
छठका लागि मैनाबत्ती खोलामा घाट निर्माण गर्न पुगेका स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्काल प्रहरी घटनास्थलमा पुगी आवशयक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पाठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानकारी दिए ।
अवैध सम्बन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशु फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले भने घटनाबारे अनुसनधान गरिरहेको जनाएको छ ।
