सुन काण्डमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्ने कांग्रेस सांसद सुनील शर्मा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सांसद शर्मालाई काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । मोरङ–३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्तेसम्बन्धी विषयमा  नियन्त्रणमा लिइएको बताइएको छ ।

Recommended For You