अंग्रेजी र नेपाली फोनिक्स शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न

खोटाङ । अंग्रेजी र नेपाली फोनिक्स शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । बौद्धिक समूह नेपाल (आईसीएन)ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा बाल शिक्षा तथा प्राथमिक शिक्षणसम्बन्धी तीन दिने कार्याशाला गोष्ठी भएको को छ । च्यास्मिटारभित्रका बाल शिक्षा तथा प्राथमिक तहका विद्यालयका प्रअ तथा शिक्षकलाई सहभागी गराएर अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्वन्धी कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।

च्यास्मिटार माविमा आयोजना गरिएको कार्यशाला गोष्ठी सोमबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईको उपस्थितिमा समापन गरिएको छ । बाल शिक्षा तथा प्राथमिक तहमा अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्बन्धी दक्षता विकासमा सघाउ पुर्‍याउनका लागि कार्याशाला गोष्ठी आयोजना गरिएको बौद्धिक समूह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले बताए । कार्यशालामा वडाभित्रका बालविकास केन्द्र र प्राथमिक तहका १० विद्यालयका ३१ शिक्षकरशिक्षिकाको सहभागीता रहेको थियो । कार्यशाला अवधिभर अंग्रेजी र नेपाली ध्वनि र सोको शिक्षण विधिका बारेमा जानकारी दिइएको जनाइएको छ ।

 


Recommended For You