नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ५८.५८ अङ्कले बढेर २१११.२४ अङ्कमा कायम भएको छ । करिब एक महिनापछि आज नेप्से परिसूचक दुई हजार एक सयको बिन्दु नाघेको छ । विभिन्न तीन सय पाँच कम्पनीका एक करोड छ लाख नौ हजार पाँच सय ९७ कित्ता सेयर ८२ हजार सात सय ४६ पटक खरिदबिक्री हुँदा चार अर्ब ५५ करोड १६ लाख ३२ हजार तीन सय ४७ बराबरको कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बिमा समूह ५.४४, लघुवित्त समूह ५.०५ र होटेल तथा पर्यटन समूह ३.९३ प्रतिशतले बढेको छ । बैंकिङ ३.१०, विकास बैंक २.१७, वित्त समूह २.२९, जलविद्युत् ०.९९, लगानी समूह १.८७ र उत्पादन तथा प्रशोधन समूह २.३४ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड १.५५, निर्जीवन बिमा ३.१५, व्यापार १.६९ र अन्य समूह १.६४ प्रतिशतले बढेको छ ।

साथै पाँचवटा लघुवित्त कम्पनीको सयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । हिमालयन ८०–२० को सयर मूल्य सबैभन्दा धेरै २.५७ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ३७ करोड १९ लाख ३३ हजार सात सय ८६ बराबरको छ लाख ७३ हजार सात सय छ कित्ता किनबेच भएको छ ।


Recommended For You