काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
काठमाडौं जिल्लामा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक परीक्षा केन्द्र छन् । काठमाडौंमा ३८ हजार आठ सय ३१, मनाङमा ४३ र मुस्ताङमा एक सय सात विद्यार्थी एसइईमा सहभागी भएको जनाइएको छ ।
