सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ३१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन प्रतितोला एक हजार आठ सयले बढेर एक लाख ३३ हजार तय भएको हो ।

यस्तै, तेजावी सुन तोलमा मङ्गलबार प्रतितोला रु एक लाख ३० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३२ हजार तीन सय ५० निर्धारण भएको छ । चाँदीको मूल्य पनि उकालो लागेको छ । मङ्गलबार प्रतितोला एक हजार पाँच सय ४५ मा कारोबार भएको चाँदी आजका लागि भने ६५ले बढेर एक हजार छ सय १० बराबरको मूल्य निर्धारण भएको छ ।


Recommended For You