काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १४.८१ अङ्कले ओरालो लागेर एक हजार १९९१.७१ मा सिमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२६ अङ्कले ओरालो लागेर ३५३.५१ मा सिमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार ५४ लाख ७१ हजार ६८ कित्ता सेयरदुई अर्ब १० करोड ३० लाख १९ हजार दुई सय १८ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । कम्पनीको १७ करोड ५९ लाख ७८ हजार एक सय ६३ बराबरको कारोबार भएको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स सात करोड ४३ लाख ५३ हजार पाँच सय ७२, पोखरा फाइनान्स ६ करोड ६८ लाख ९८ हजार दुई सय १४, सर्वोत्तम सिमेन्ट चार करोड ५९ लाख ८१ हजार चार सय ३४ र शिवम् सिमेन्ट चार करोड ४७ लाख ४३ हजार सात सय सात बराबर कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
एसबिएस ऋणपत्र ९.९९, गोर्खाज फाइनान्स ९.९६, सिभिल बैंकको ऋणपत्र ८.१९, ग्रीन डेभलपमेन्ट बैंक ५.०२ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ४.०४ प्रतिशतले कमाएका नेप्सेले जनाएको छ । त्यस्तै, रुरु जलविद्युत् परियोजना १०, पोखरा फाइनान्स ५.७४, सिवाइसी नेपाल लघुवित्त ६.५०, डोल्टी पावर ५.६० र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ५.०६ प्रतिशतले गुमाएका छन् ।
