काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झण्डै ६० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९.६८ प्रतिशतले उकालो लागेर २४२४.३२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ .३७ अङ्कले उकालो लागेर ४३६.१४ मा पुगेको छ ।
नेप्सेका अनुसार कुल तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता वेयर १८ अर्ब ५४ करोड ८८ लाख सात सय ३८ मा कारोबार भयो । नेपाल इन्भेष्टमेन्ट मेघा बैँक, नेपाल फाइनान्स लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तिय संस्था तथा थ्रि स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।
यस्तै, कुमारी सबल योजना ५.७६, सिन्धु विकास बैँक ४.५७, गुहेश्वरी मर्चेन्ट ४.२२, एनसिसी डिवेञ्चर ३.९३ र श्री इनभेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ३.९० प्रतिशतले गुमाए ।
