काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.७० अङ्कले उकालो लागेर २७६६.३८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२१ अङ्कले उकालो लागेर चार ४८३.६८ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको सेयर मूल्य उकालो लाग्दा सात उपसमूहको सेयर मूल्यमा भने गिरावट भएको छ ।
नेप्सेका अनुसार, पाँच करोड नौ लाख ४६ हजार आठ सय ३२ कित्ता सेयर २० अर्ब सात करोड चार लाख ३४ हजार एक सय तीन मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सका अनुसार विभिन्न छ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा कर्णाली डेभलपमेन्ट बैंक,शिवम् सिमेन्ट,घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर,सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्ट छन् ।
यस्तै, एनआरएन इन्फास्ट्रक्चर ८.०४, सानिमा बैंकको ऋणपत्र ७.६९,आरम्भ चौतारी लघुवित्त ४.९३, रुरु जलविद्युत् परियोजना ४.८४ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले ४.५६ प्रतिशतले गुमाएका छन् ।
