काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५.४६ अङ्कले ओरालो लागेर २७०१.९० मा सीमित भएको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.६३ अङ्कले ओरालो लागेर ४७९.७२ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्य उकालो लाग्दा १० उपसमूहको सेयर मूल्यमा भने गिरावट भएको छ ।
दुई करोड २२ लाख ६२ हजार नौ सय २४ कित्ता सेयर१० अर्ब १२ करोड २४ लाख आठ जार दुई सय ४८ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार माहुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, मनकामना इञ्जिनियरिङ हाइड्रोपावर ९.९५ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले आठ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, थ्री स्टार हाइड्रोपावर १०, कुमारी इक्विटी फण्ड ८.० सात, गुडविल फाइनान्स ६.०५, डोल्टी पावर कम्पनी ४.५४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले ४.४५ प्रतिशतले गुमाएका छन् ।
