धितोपत्र बजार : कारोबार तीन महिनायताकै न्यून

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४.४५ अङ्कले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ । नेप्से परिसूचक सोमबार १.८० प्रतिशतले बढेर २५०८. ८६ को अङ्कमा कायम भएको हो । तीन सय १९ कम्पनीको ९७ लाख १७ हजार नौ सय ५९ कित्ता सेयर ५० हजार छ सय ८० पटक खरिद बिक्री हुँदा कारोबार रकमतीन अर्ब ७१ करोड ५३ लाख ५९ हजार नौ सय ३५ मा खुम्चिएको छ । नेप्सेमा कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो ।

म्युचुअल फन्ड ०.६० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह ४.१९ र उत्पादन तथा प्रशोधन समूह ३.८३ प्रतिशतले बढेको छ । बैंकिङ १.१८, विकास बैंक १.९३, होटेल तथा पर्यटन ३.२८, जलविद्युत् १.२२, जीवन बीमा १.७८ र लघुवित्त १.८५ प्रतिशतले बढेको छ ।

त्यस्तै, निर्जीवन बिमा ०.७१, व्यापार १.५२ र अन्य समूह २.३७ प्रतिशतले बढेको छ । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्म सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा प्रभु सेलेक्ट फन्डको सेयर मूल्य ९.३६ प्रतिशत छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १७ करोड ६९ लाख ६४ हजार २७ बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने सिटिजन सुपर–३० म्युचुअल फन्डको १२ लाख एक हजार चार सय २० कित्ता सेयर किनबेच भएको छ ।


Recommended For You