नेप्से परिसूचक उकालो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६.०९ अङ्कले उकालो लागेर २६५३.५८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७५ अङ्कले उकालो लागेर चार सय ७६.४६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहको सेयर मूल्य नै बढेको छ । कारोबारमा एक करोड ५० लाख ४६ हजार सात सय १० कित्ता सेयर ६ अर्ब १३ करोड ८२ लाख छ हजार सात सय पाँच मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार, न्यादी हाइड्रोपावर १०, मध्य भोटेकोशी जलविद्युत् कम्पनी ९.७६, इस्टर्न हाइड्रोपावर ९.६८,गुडबिल फाइनान्स ९.२७ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ८.१४ प्रशितले कमाएका छन् । यस्तै, विन नेपाल लघुवित्त १०, कुमारी सुलभ योजना ९.४३, एनआइसी एसिया सेलेक्ट फण्ड ६.७०, स्वरोजगार लघुवित्त ५.४९ र उपकार लघुवित्तका लगानीकर्ताले ४.४१ प्रतिशले गुमाएका छन् ।


Recommended For You