नेप्से परिसूचक उच्च अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झण्डै ५८ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७.९९ अङ्कले ओरालो लागेर २६३९.९२ अङ्कमा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.१४ अङ्कले ओरालो लागेर चार सय ७६.२४ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।नेप्सेका अनुसार, एक करोड ३८ लाख ६३ हजार चार सय ४३ कित्ता सेयर पाँच अर्ब ९० करोड सात लाख ९१ हजार ४४ मूल्यमा कारोबार भएका छन् ।

विन नेपाल लघुवित्त ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८२, कालिका लघुवित्त ५.५२, पिपल्स पावर ४.८४ र मानुषी लघुवित्तका लगानीकर्ताले ३.९९ प्रतिशतले कमाएका छन् । यस्तै, न्यादी ग्रुप अफ पावर ९.२०, गुडविल फाइनान्स ५.६५, छ्याङदी हाइड्रोपावर ४.७९, इस्टर्न हाइड्रोपावर ४.७५ र गुर्खाज फाइनान्सका लगानीकर्ताले ४.६७ प्रतिशतले गुमाएका छन् ।


Recommended For You