काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७.४१ अङ्कले उकालो लागेर २६४५.३६ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१४ अङ्कले उकालो लागेर ४७२.९५ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ ।
एक करोड चार लाख १८ हजार नौ सय २६ कित्ता सेयर पाँच अर्ब ३४ करोड ४८ लाख नौ सय १२ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार, जानकी फाइनान्स र डोल्टी पावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । रिभर फल्स पावर ९.५४,मेछ्याङ हाइड्रोपावर ९.१३ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले ६.९९ प्रतिशतले कमाएका छन् ।
यस्तै, पिपल्स वर ६.०२, कालिञ्चोक दर्शन लिमिटेड ४.३५,समृद्धि फाइनान्स कम्पनी ३.९६, विन नेपाल लघुवित्त २.८९ र नेपाल एसबिआई बैंकका लगानीकर्ताले २.६३ प्रतिशतले गुमाएका छन् ।
