काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिँदा करिब १० अर्ब बराबरको कारोबार भएको छ । नेप्से परिसूचक ६२.५४ अङ्कको वृद्धि पछि २७३८.०६ को अङ्कमा कायम भएको हो ।
तीन सय २५ कम्पनीको दुई करोड २४ लाख ७४ हजार दुई सय ८१ कित्ता सेयर एक लाख छ सय ५१ पटक खरिदबिक्री हुँदा नौ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ बराबरको कारोबार भएको छ । जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा बढी ४.२६ प्रतिशतको वृद्धि देखिएको छ । बैंकिङ १.६२, विकास बैंक २.७१, वित्त २.४८, होटेल तथा पर्यटन ०.९६ र लगानी समूह २.५६ प्रतिशतले बढेको छ । जीवन बिमा २.१६, उत्पादन तथा प्रशोधन २.३२, लघुवित्त १.५१, म्युचुअल फण्ड ०.६२, निर्जीवन बिमा १.९५, व्यापार १.१५ र अन्य समूह २.५२ प्रतिशतले बढेको छ ।
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपरमादी हाईड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सानिमा ग्रोथ फण्डको सेयर मूल्य ६.७६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको ३८ करोड चार लाख ३७ हजारको सेयर किनबेच भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी प्रमोटर सेयर १० लाख ४७ हजार ३५ कित्ता सेयर किनबेच भएको छ ।
