नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १३.०३ अङ्कले घटेर २६६७.४० को बिन्दुमा कायम भएको हो ।
 तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ७० हजार एक सय ९७ कित्ता सेयर ७६ हजार चार सय १८ पटक खरिदबिक्री हुँदा सात अर्ब ७२ करोड ८८ लाख ६१ हजार दुई सय ५० को कारोबार भएको छ । लगानी समूह ०.०८ र उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूह १.६३ प्रतिशतले घटेको छ ।
बैंकिङ ०.५४, वित्त ०.३७, होटेल तथा पर्यटन ०.४९ र जलविद्युत् समूह ०.४१ प्रतिशतले घटेको छ । त्यसैगरी जीवन बिमा ०.५५, लघुवित्त ०.९४, म्युचुअल फण्ड ०.१२, निर्जीवन बिमा ०.१७, व्यापार ०.०७ र अन्य समूह ०.७१ प्रतिशतले घटेका छन् ।
थ्रिस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ९.९१ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा भने सेन्चुरी डिभेञ्चर २०८८ ७.७५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा बढी ६० करोड ८७ लाख ३६ हजार एक सय ५२ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा ङादी पावर लिमिटेडको सात लाख २० हजार आठ सय १३ कित्ता सेयर किनबेच भएको छ ।

Recommended For You