काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.८० अङ्कले बढेर २७७५.८५ अङ्कमा पुगेको छ । विभिन्न तीन सय सात कम्पनीका एक करोड ८१ लाख ६० हजार ३४ हजार कित्ता सेयर आठ अर्ब ५२ करोड १२ लाख १९ हजार दुई सय ९९.६७ मा कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबारमा उपसमूहतर्फ ट्रेडिङ ५.९६ प्रतिशतले बढेको भने फाइनान्स, जलविद्युत्, जीवन बिमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्युचुअल फण्डमा पनि हरियाली देखिएको छ । साथै बाँकी उपसमूहमा रातो देखिएको छ ।
दुईवटा कम्पनी दिव्यश्वरी जलविद्युत् लिमिटेड र इन्ग्वा जलविद्युत् लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खानीखोला जलविद्युत्, जोशी जलविद्युत् विकास कम्पनी र सुपर मादी जलविद्युत् कम्पनीको सेयर मूल्य समान ९.९९ प्रतिशतले बढेको छ ।
त्यसैगरी अपर स्याङ्गे जलविद्युत् लिमिटेडको ९.५१ प्रतिशत, जानकी फाइनान्स कम्पनी लिमिटेडको ६.१८ प्रतिशत, गुँरास लघुवित्त वित्तीय संस्थाको ३.४६ प्रतिशत, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ३.४६ प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.४४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
