चुनाव नलड्ने डा.बाबुराम भट्टराईको घोषणा

काठमाडौैँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मंसिर ४ मा हुने प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । गोरखाका मतदातालाई धन्यवाद दिँदै उनले ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।’ आफ्नो कार्यकालमा जिल्लाको दूरगामी विकास र सामाजिक पूर्वाधार बनेको उनले उल्लेख गरेका छन् । डा. भट्टराईले ’मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरू भएका आयोजना पूरा हुन बाँकी छन् । बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु ।’

 


Recommended For You