नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सम्माननीय राष्ट्रपति कठपुतली भइदिँदा विगतमा लोेकतान्त्रिक व्यवस्थामाथि पटकपटक धावा भयो । त्यसैले यसपालिको राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेस उठ्ने र जित्ने पनि बताएका छन् । हामीले राष्ट्रपतिको उमेद्वार नउठाए बालुवाटारमा एउटा र शितल निवासमा अर्को राष्ट्रपति हुन्छ । त्यसले लोकतन्त्रमाथि नै खतरा पैदा गर्ने भएकाले हामीलाई राष्ट्रपतिमा चुनाव जित्नुपर्ने चुनौति छ, हामी चुनाव जित्छा,ैँ गगन थापाको भनाइ थियो ।
एमाले अध्यक्ष केपी ओलीले काँग्रेसले राष्ट्रपतिमा आँखा लगाएको आरोपको उत्तर दिँदै थापाले, राष्ट्रपति चुनाव जित्न आँखा लाउने मात्र होइन, धम्क्याउने, थर्काउने, सम्झाउने, मिलाउने सबै काम गर्ने बताए । हिजोको राष्ट्रपतिको भूमिकाले हामीलाई डर भएको छ । त्यसैले राष्ट्रपति चुनाव जित्न धम्क्याउने, थर्काउने, सम्झाउने, मिलाउनुपर्ने बाध्यतामा आफू पुगेको थापाको भनाइ थियो । आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा काँग्रेस महामन्त्री थापाले सो कुरा बताएका हुन् ।
महामन्त्री थापाले आफूलाई दैनिक जसो बर्ड फ्लु लाग्यो भनेर सरकारले कुखुरा नस्ट गरिदिँदा जग्गा लिलाम हुन लागेको, तरकारीले बजार नपाएर किसान रोएको, नेपालमा पर्याप्त गहँु उत्पादन नहुने उता भारतले गहुँमा मूल्य बढाइदिँदा किन्न नसकेर नेपालका चाउचाउ, खजुरीलगायत सबै उद्योग बन्द हुने अवस्था रहेको, रोजगार खोजिदिनु भन्ने, पोखरा विमानस्थल हतार गरियो यसलाई समीक्षा गरेर अगाडि बढ्नपर्यो, किड्नी टन्सफर गर्नुपर्ने जस्ता अनगिन्ती कुरा लिएर साथीहरु आउनुहुन्छ । अब यी समस्या कहिले समाधान गर्ने ? यतातिर निरन्तर काम गर्नुपर्ने छ । सत्ताको खेलले मात्र यी समस्या समाधान नहुने बताए ।
कर्म गर्दै छौँ । अब हामीले हामीलाई नै प्रश्न गर्न बेला भयो । भोलि हामी सम्बोधन गर्ने ठाउँमा पुगौँला । हामी पनि केही नगर्ने होइन, हामीले केही गर्नेछौँ, गछौँ । गठबन्धन १५÷२० वर्ष जान्छौँ, राष्ट्र बनाउँछौँ भन्यौँ । निर्वाचनको लाखौँ लाख मतदाता को भारी बोकाएर अनि गठबन्धन जोगाउन नसकेको उत्तर दिनुपर्ने होइन । मतदातालाई स्वतन्त्रतामा समेत कुण्ठित गर्यौँ, त्यसको उत्तर दिनुपर्छ । हामी गठबन्धन जोगाउने कुरामा अलमलियौँ । गठबन्धन गर्ने संस्कार नै छैन । अनि के गठबन्धन गर्ने । त्यसैले मैले तालमेल र गठबन्धनको विरोध गरेको थिएँ । अहिले प्रमाणित भयो । थापाले आफ्नो भनाइको बचाउ पनि गरेका थिए । निर्वाचन अघि तालमेलको कुरा, निर्वाचन भयो गठबन्धन जोगाउने कुरा, अब राष्ट्रपतिको निर्वाचन यी राजनीति कर्म हुन् । निर्वाचन भयो, सरकार बनाउने कुरा आयो । नेकपा एमालेले तीन बजे आउँछु भनेकै हो । माओवादी ढुक्क भएर एमालेसँग गएकै हो । एमालेले माओवादीलाई पनि विश्वास दिएकै हो । काँग्रेस एमालेको विश्वासमा परेकै हो । एमालेले छट्टु काम गरेकै हो । त्यसकारण छट्टु कामले अब देश बन्दैन । लोकतान्त्रिक संस्कार र चरित्र चाहिन्छ, कार्यक्रममा थापाको व्यक्त विचार थियो ।

