लागुऔषध कारोबारमा संलग्न १३ पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले लागुऔषध कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत २४ गते सोलुखुम्बु माप्यदुधकोसी गाउँपालिका लाक्पा शेर्पालाई पक्राउ गरी अनुसन्धान गर्दा थप १३ जना पक्राउ परेका हुन् ।

अनुसन्धान गर्दै जाँदा विभिन्न मार्गबाट लागुऔषध भित्र्याई ओसारपसार, भण्डारण, बिक्री वितरण गर्ने कार्यमा संलग्न १३ जनालाई पक्राउ गरिएको हो । बुप्रेनोर्फिन, डाइजेपाम र फेनरागन २०,३०० एम्पुल, नाइट्राभेट १२,९५० ट्याबलेट र नगद ४ लाख ५ हजार सहित नियन्त्रणमा लिई लागुऔषध नियन्त्रण ब्युरोबाट थप अनुसन्धान भइरहेको छ ।


Recommended For You