पूर्व राजालाई एमालेको चेतावनी : नागार्जुनबाट पनि हटाउन नपरोस्

काठमाडौं । नेकपा एमालेले पूर्व राजा ज्ञानेन्द्र शाहलाई अहिले जुन स्थान प्राप्त भएको छ, त्यही ठाउँमा इमान्दार भएर बस्न आग्रह गरेको छ । प्रजातन्त्र दिवसका अवसरमा राजसंस्थासँग सहकार्य गर्न पूर्व राजा शाहले दलहरुलाई अपिल गरेपछि एमालेको यस्तो प्रतिकृया आएको हो ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले इतिहासले अस्वीकार गरेको व्यक्ति कुनै संस्था नभएको भन्दै संस्थागत दलहरु र लोकतन्त्रविरुद्ध अभिव्यक्ति नदिन आग्रह गरे । ‘ज्ञानेन्द्र शाह कुनै बैधानिक संस्था होइन, इतिहासले अस्वीकार गरेको व्यक्तिले संस्थागत लोकतन्त्र र वैधानिक दलहरुविरुद्ध अभिव्यक्ति दिन मिल्दैन, गुरुङले साझा पोष्टसँग भने, अहिले जुन स्थान प्राप्त त्यही बसुन्, अन्यथा नागार्जुनबाट पनि लखेट्न नपरोस् ।’ प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजा शाहले देश जोगाउन दलहरूलाई आफूहरुसँग सहकार्य गर्न आह्वान गरेका थिए ।


Recommended For You