काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शिक्षाको गुणस्तर पहिलेको भन्दा पनि खच्किएको हुँदा यसको गुणस्तर बढाउन सबैले जोड दिनुपर्ने बताए । श्री कालीनाग मावि पूर्व विद्यार्थी समाज सुनखानी, दोलखाले आयोजना गरेको अधिवेशन तथा विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा तिमिल्सिनाले सो कुरा बताएका हुन् ।
तिमिल्सिनाले निजी विद्यालयले ८/१० हजार तलब दिएर पनि राम्रो नतिजा निकाल्छन् तर सरकारी विद्यालयमा अहिले २५/३० देखि ४०/४५ हजार तलब पाउँदा पनि सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुन सकेको छैन । त्यसैले अब शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक सबैले शिक्षाको गुणस्तर बढाउन ध्यान दिनुपर्ने बताए । कार्यक्रममा श्री कालीनाग मावि विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो ।
