लमजुङ । राजीव गुरुङ (दीपक मनाङे) प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित हुने भएका छन् । मनाङ निर्वाचन क्षेत्र नम्बर (ख) बाट प्रदेश सभातर्फ स्वतन्त्रबाट दोर्जे लामा गुरुङले उमेदवारी फिर्ताका लागि निवेदन दिएपछि मनाङे निर्विरोध हुने भएका हुन् ।
उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले बुधबार दिउँसो ३ बजेसम्मको समय तोकेको छ । त्यसैले मनाङे निर्विरोध भएको सूचना आयोगले ३ बजेपछि मात्र सार्वजनिक गर्ने भएको छ । मनाङे गण्डकीका युवा तथा खेलकुदमन्त्रीसमेत हुन् । अघिल्लोपटक पनि उनी स्वतन्त्रबाट विजयी भएका थिए । त्यसवेला उनलाई एमालेले समर्थन गरेको थियो ।
दोर्जे लामा गुरुङले निर्वाचन कार्यालयमा बुधबार बिहान १० बजे आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।
