स्वगीर्य नविन्द्रराज जोशीको प्रतिमा अनावरण कार्यक्रम सम्पन्न

काठमाडौ । स्वर्गीय नवीन्द्रराज जोशीको प्रतिमा अनाबरण कार्यक्रम सम्पन्न भएको छ । रास्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रकाशमान सिंह साथै नबिन्द्र राज जोशीकि धर्मपत्नी सपना राज भण्डारी साथै उल्लेखनीय ब्यक्ति हरुको उपस्थितिको रहेको थियो ।

रास्ट्रपति पौडेलले जोशी आफ्नो राजनीति बिचार र आस्थाप्रती सँधै इमान्दार र निष्ठावान ब्यक्ति भएको र उहाँ लाई मार्गदर्शन गरेर हिँडन सबैमा आग्रह गरे । त्यस्तै पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिमा महत्वपूर्ण संघर्ष गरेका जोशिको प्रतिमा स्थापना गर्न पाउँदा खुशी व्यक्त गर्दै उनि संघर्षको राजनीतिमा नवीन्द्रराज जोशी एक आदर्शको पात्र भएको र उनको योगदानलाई हामी सबैले आत्मसात गरेर अगाडी बढनुपर्ने बताए ।


Recommended For You